अर्घाखाँचीको सितगंगा नगरपालिका–७ अन्तर्गत राप्ती नदीमाथि निर्माणाधीन पक्की पुल १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन् । ठेकेदार कम्पनी सिएवि कन्स्ट्रक्सन निर्माण कम्पनी को लापरबाहीका कारण लुम्बिनी प्रदेदश वर्षदेखि अलपत्र पुलः राजधानी जोड्ने सपना अधुरै
अर्घाखाँचीको सितगंगा नगरपालिका–७ अन्तर्गत राप्ती नदीमाथि निर्माणाधीन पक्की पुल १० वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन् । ठेकेदार कम्पनी सिएवि कन्स्ट्रक्सन निर्माण कम्पनी को लापरबाहीका कारण लुम्बिनी प्रदेशको राजधानीसँग जोड्ने महत्वपूर्ण पुल अलपत्र अवस्थामा पुगेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीले लामो दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। जोखिम मोलेर केही स्थानीय भने अधुरो पुल हुँदै आवतजावत गरिरहेका छन् । हिउँद याममा सवारीसाधन नदी हुँदै वारपार गराइने गरिएको भए पनि बर्खायाम सुरु भएसँगै नदीको बहाव बढ्दा आवतजावत पूर्ण रूपमा प्रभावित हुने गरेको छ ।
सितगंगा नगरपालिका–७ का वाड अध्यक्ष देविराम घिमिरेले केही समयअघि निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर आंशिक काम गराउन सफल भए पनि पुनः विभिन्न बहाना बनाउँदै काम रोकिएको बताउनुभयो। उहाँका अनुसार पुलका दुवै तर्फ सडक निर्माण तथा फिनिसिङका महत्वपूर्ण काम अझै बाँकी छन्। करिब २६ करोड रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।
निर्माण कम्पनीका ठेकेदार गणेश चन्द्रले विभिन्न प्राविधिक तथा अन्य समस्याका कारण समयमै काम सम्पन्न गर्न नसकिएको सामान्य प्रतिक्रिया दिनुभयो। स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बाँकी काम छिट्टै पूरा गर्ने प्रतिबद्धता उहाँले टेलिफोन संवादमा व्यक्त गर्नुभयो ।
तर पटक–पटक काम सम्पन्न गर्ने आश्वासन पाएर निराश बनेका स्थानीयले यसपटक पनि ठेकेदारको प्रतिबद्धताप्रति विश्वास गर्न सकेका छैनन् । पुल निर्माण नहुँदा दैनिक आवतजावत कष्टकर बन्दै गएको छ। गाउँका बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पु¥याउनसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ ।
शको राजधानीसँग जोड्ने महत्वपूर्ण पुल अलपत्र अवस्थामा पुगेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

दश वर्षदेखि अलपत्र पुलः राजधानी जोड्ने सपना अधुरै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
Advertisement