६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

उम्मेद्धवार आचार्यद्धारा खनमा जनभेटघाट कार्यक्रम सम्पन्न

नवीन केसी , अर्घाखाँची ।

नेकपा एमाले अर्घाखाँचीले चुनाबि भेटघाट तथा छलफलको कार्यक्रमलाई तिब्रता दिईएको छ ।

नेकपा एमाले प्रदेश सभा क्षेत्र नं १ का उम्मेद्धवार चेतनारायण आचार्यले शुक्रबार मालारानी गाउँपालिका वडा नं ४ खनमा मा जनभेटघाट गर्दै मालारानी गाउँपालिका वडा नं ४ का जनताका बिच गरेका प्रतिबद्धताहरु कार्यन्वयन गरेको बताउँदै बिकाश र सम्बृद्धिको सूर्यध्वजबाक उम्मेद्धवारलाई बिजयी गराउनु पर्ने बताउनु भयो । मालारानी गाउँपालिका खनलाई कालोपत्रे सड्क संग जोडनका लागी च्यानडाडाँ , खन ,डाडाँकटेरी मोटरबाटो कालोपत्रे गर्ने कार्य अगाडि बढेको , आतेकासाँघु लुटिपोखरी सड्क कालोपत्रे भएको भन्दै जालकाडाँको लेकमा पर्यटन पूर्बधार बिकाश गर्ने बताउनु भयो ।

खनका स्थानीयहरु बिच छलफल गर्दे नेता आचार्यले उठान भएका समस्याहरु समधान गर्न आफु लागीपर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । अबिरल बर्षाले भएको धनजनको क्षति प्रति दुख व्यक्त गर्दै आचार्यले स्थानीय ,प्रदेश र संघिय सरकारबाट तत्तकाल राहत र क्षतिपूर्तिको लागी सक्दो पहल गर्ने समेत बताउनु भयो । भेटघाट कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य जनार्दन खनाल , नेकपा एमालेका जिल्लाकमिटी सदस्य तथा मालारानी गाउँपलिकाका निर्बतमान अध्यक्ष बालकृष्ण आचार्य , नेकपा एकाले प्रदेश स्कूल बिभाग सदस्य बिष्णुप्रसाद पोख्रेल , नेकपा एमाले कार्यालय सचिब लिला बि.क , नेकपा एमाले जिल्ला कमिटी सदस्य बिष्णुमायाँ आचार्य , नेकपा एमाले मालारानी गाउँकमिटी उपसचिब दिपा पोख्रेल , नेकपा एमाले मालारानी ४ का वडा अध्यक्ष बलराम भुसाल , नेकपा एमालेका नेताहरु देबिराम खनाल , गगांराम खनाल ,जनार्दन पोख्रेल , ठाकुरप्रसाद खनाल अनेरास्वबियु का केन्द्रिय सदस्य अर्जुन खनाल लगायतको को उपस्थीति रहेको थियो ।

भेटघाट कार्यक्रम मालारानी गाउँपालिका वडा नं ४ को बडाचौर , पातलकटेरा , फलारपानी ,पधेरा ,मखात , लुटिपोखरी , चुदारटोला र देउराली टोलमा सम्पन्न भएको अनेरास्वबियु केन्द्रिय सदस्य अर्जुन खनालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार