१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

नेविसंघ र तरुणदल द्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

कमला घिमिरे,अर्घाखाँची ।

नेविसंघ र तरुणदलको पहलमा दिप प्रज्वलन कार्यक्रम शान्ति बगैंचामा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए सगै पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै नेविसंघ र तरुण दल अर्घाखाँचीको पहलमा सन्धिखर्क शान्ति बगैचामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम प्रमुख अध्यक्षता नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस प्रदेश सदस्य शान्ता भन्डारी, तरुणदल अध्यक्ष नारायण खडका, नेविसंघ नेता, भरतमणि भट्टराई वडा अध्यक्ष माधव श्रेष्ठ , महिला संघ सचीव रुपा कडेल ,तरुण दल सदस्य छमा कार्की, कृष्ण भुसाल लगायतको उपस्थित मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा पौडेलले ९ दलको ३२ हजार ८०२ मतभार रहेको थियो भने नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले एक दलको मात्र १५ हजार ५१८ मत मात्रै पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार