८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

पीडित गुरुङलाई उपचारका लागि आर्थिक सहयोग( नामावली सहित )

माधव बेल्वासे , अर्घाखाँची ।

टिकटक प्रेमिहरुको सस्था स्टार नेपाल सहयोगी ग्रुपले विरामी विश्व गुरुङलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । उनको उपचारका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिकाका स्थायी बासिन्दा भएर हाल रोजगारीका शिलशिलामा मलेसियामा रहनुभएका सामाजिक अभियान्ता हरि पाण्डेको पहलमा नगद ६८हजार २ सय बराबरको आर्थिक सहयोग गरेको छ । गुरुङ पोखरा महानगरपालिका ११ फुलवारीका वासिन्दा हुन् । पाँचवर्ष अघिको घटना हो । पोखराको लेखसाइडमा साथिहरुसँग पार्टीमा सहभागी हुँदै गर्दा भर्याङबाट खसेर उनी गम्भिर घाइते भएका थिए । उनी ज्युँदो लाश झै भएर बाँचिरहे । परिवारले सवै सम्पत्ति सकेर भए पनि उनको उपचार गरिरह्यो । अहिले केही सुधार भएको विश्व गुरुङको आमा बताउछिन् ।

सेवा नै धर्म हो भन्ने मूल सिद्धान्तमा लिएर आगाडि बढेको यस संस्थाले विगतदेखि नै यस्तो सहयोग गर्दै आएको छ । सहयोग कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थित रहेको थियो । उक्त कार्यक्रम पत्रकार तथा समाजसेवी व्यक्तित्व महानुभावहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थीत सम्पूर्णलाई स्टार नेपाली सहयोगी ग्रुप ले धन्यवाद ज्ञापन गरेको छ । साथै सबै सम्पूर्ण सहयोगी महानुभावहरुलाई ग्रुपको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरेको थियो ।

योटिमले देशभरका विभिन्न समस्यामा परेका पीडितहरुलाइ पटक पटक सहयोग गर्दै आएको छ ।

विश्व गुरुङ को उपचार गर्नको लागि सहयोग गर्नुहुने सहयोगी टिम :

१. बिरहि प्रेम (दुवई)
२.चादनि गिरि (दुवई)
३.राधिका आचार्य (अमेरिका)
४.बिन्दु साउद (कैलाली )
५. सरिता केसि (कास्की,पोखरा)
६.सङ्गिता ठकुरि ( रुपन्देही,बुटवल)
७. सङ्गिता केसि (नवलपरासी)
८. दिया चौहान (ताप्लेजुङ)
९. सुजता थापा (सिन्धुलि)
१०. उमा उपाध्य (रुपन्देही,बुटवल)
११.सुमिरा राई (कुबेत)
१२.मिना कदरिया ( काठमाडौ )
१३. सीता सिग्देल (नुवाकोट)
१४.गोकुल अधिकारी (हेटौडा)
१५. प्रमिला क्षेत्रि (ईलाम)
१६. सरिता भुजेल (अमेरिका)
१७. अनिता तामाङ (काठमाडौ )
१८. धर्ना हमाल ठकुरि ( रुपन्देही,बुटवल)
१९. लक्ष्मी श्रेष्ठ ( काठमाडौ )
२०. सरस्वती पान्डे (अर्घाखाँची)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार