१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार

बाबा आमा बाट अपहेलित फरक क्षमताकि बालिका को बौद्धिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्र ले गर्यो उद्दार

प्रेमनाथ पौडेल।
सर्लाहि को हरोवन मा बाबा आमा बाट अपहेलित भै बेसाहारा बनेकि बौद्धिक तथा शारीरिक रुप मा असक्त बालिकाको एक समाजिक संस्था ले उद्दार गरि मानब सेवा आश्रम को जिम्मा लगाईएको छ।

जन्मैजात शारिरिक तथा बौद्धिक रुपम फरक क्षमता अपाङ्गता र बाबु आमा बाट अपहेलित भै साहारा नपाएकि १४बर्षिया बालिका अस्मिता भ्लोन तामाङ्ग लाई बौद्धिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्र ले उद्दार गरि समन्धित वडा का वडा अध्यक्ष महिला नेत्री केन्द्र का पदाधिकारि तथा पत्रकार को रोहबर मा बालिका लाई मानब सेवा आश्रम मा जिम्मा लगाईएको हो ।
चार बर्ष को उमेर मै बालिका को आमा ले छोडेर हिड्नु को साथै बाबु पनि घर परिवार को सम्पर्क भन्दा बाहिर रहे पछि हजुर बुबा हजुर आमा को शरण मा रहदै आएकि थिईन ।
दैनिक ज्याला मजदुरि गरि खाने हजुर बुबा आमा पनि ज्याला मजदुरि गर्न जादा बालिक मल मुत्र मै डुबेर बस्ने र नरकिय जिबन बिताई रहेको जानकारि मा आए पछि बालिका को उचित संरक्षण का लागि केन्द्र ले पहल केहि समय अघि देखि गर्दै आए पनि कानुनि आधार नपुग्दा उद्दार गर्न ढिलाई भएको केन्द्र कि सचिब बिधा पौडेल ले बताउनु भयो ।
बालिका को जन्मदर्ता देखि पुर्ण अपांगता परिचय पत्र बनाउने र भता को लागि वडा लगायत बाट सिफारिस गर्ने काम गरि सके पछि सोमबार केन्द्र ले वडा अध्यक्ष टंमबहादुर घिसिङ्ग ,नेकपा एमाले हरिवन नगरकमिटि उपाध्यक्ष महिला नेत्री रन्जु बल केन्द्र का अध्यक्ष अन्जना पन्त कडरिया बिभिन्न समाजसेबि पत्रकार लगायत को रोहबर मा बालिका लाई मानव सेवा आश्रम मा जिम्मा लगाएको हो ।

आश्रम कि ब्यबस्थापक जुनाथिङ्ग ले बालिका को जिम्मा लिदै सबै को साथ र सहयोग बाट नै आश्रम चलि रहेको हुदा बालिका को जिबन मा सुधार ल्याउन आफु हरुको साथ सदैब रहने बताउदै आश्रम को ब्यबस्थापन गर्न आश्रम ले मात्रै सम्भव नहुने हुदा सबै को साथ र सहयोग को खाचो रहेको बताउनु भयो ।
सडक मा अलपत्र रहेका बेसाहारा हरु को उद्दार मा जुटेको मानब सेवा केन्द्र हरिवन १कैलाशपुरि मा महिला तथा पुरुष गरि ४१जना आश्रीत रहेका छन ।२६जना महिला १५जना पुरुष आश्रम मा आश्रीत छन उनि हरुको जिबन सुरक्षा को लागि र खान पान को लागि अहिले को अबस्था मा ब्यबस्थापन गर्नु फलाम को चिउरा चपाउनु सरह भएको हुदा यस्ता पुन्य काम मा सबै को साथ र सहयोग भए आश्रीत को लालनपालन रेखदेख मा टेवा पुग्ने हुदा सबै को साथ र सहयोग को खाचो रहेको बताउनु भयो ।
हाल आश्रम मा एक ब्यबस्थापक सहित ७जना स्वयम सेवक ले सेवा दिदै आएका आश्रम ले बताएको छ ।

बालिकालाई जिम्मा लगाउदै जिम्बेवारि लिई बालिका को संरक्षण को लागि अभिभावक को भुमिका निर्बाह गर्ने मानब सेवा आश्रम परिवार लाई वडा अध्यक्ष घिसिङ्ग तथा बौद्दिक तथा शारिरिक अपाङ्ग मानब सेवा केन्द्र का पदाधिकारि ले सामाजिक उतर्दायित्व बहन गरेको प्रति मुरि मुति धन्यबाद प्रदान गरिएको केन्द्र कि कोषाध्यक्ष अन्जना नेपाल ले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार