साेसाईट नाेट – लाेग्ने समानकाे अपहेलना सहन नसकि सदाका लागि अस्ताए

आत्महत्या गर्नु अगि लेखिएकाे साेसाईट नाेटमा लेखिएकाे छ,´ लाेग्नेकाे व्यवहार भएकाबाट अपहेलना हुन पुगेपछि सधैका लागि विदा हुने निर्कषमा पुगे माफ गर्नु बुवा आमा’ । काठमाडौंको बोहराटारस्थित प्रेमीको घरमा झुन्डिएर नर्सले गरेको आत्महत्या घटनामा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

प्रेमी भनिएका डा. सुजन ढकाल र उनका बुबा मुरलीप्रसाद ढकाललाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रतिवादी बनाएर अभियोगपत्र दर्ता भएको छ ।

बैशाख १६ गते वीर अस्पतालमा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत अनुमा श्रेष्ठ प्रेमी ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनास्थलबाट प्रहरीले ५४ पानाको हस्तलिखित सुसाइड नोट फेला पारेको थियो ।

लमजुङको बेसीशहर स्थायी घर भएकी ३४ वर्षीया अनुमा प्रेमी सुत्ने कोठामा झुन्डिएको अवस्था फेला परेकी थिइन् । घटनाका बेला प्रेमी भनिएका सुजन भने झापामा कार्यरत थिए । कान्ती बाल अस्पतालका स्थायी जागिरे सुजन केही महिनाअघि काजमा झापा पुगेको बताइएको छ ।

अनुसन्धान अधिकारीका अनुसार अनुमाको सुसाइड नोटमा ढकालले आफूसँग श्रीमतीसरह व्यवहार गरे पनि विवाह गर्न नमानेको, दुईपटक गर्भपतन गराएको उल्लेख छ ।

‘म जाँदैछु मम्मी र बुबा, आफ्नो लोग्ने समान मान्छेसँग हारेर जाँदैछु । म अपहेलित भएर बाँच्न सकिनँ । सायद मेरो भाग्य र नियति यतिमात्र थियो’, घटनास्थलबाट बरामद भएको अनुमाको सुसाइड नोटमा लेखिएको छ ।

अनुसन्धान अधिकारीका अनुसार घटनास्थलमा भेटिएको मृतकको झोलामा केही औषधि पनि भेटिएको थियो ।

बयानका क्रममा प्रतिवादी सुजनले २०७३ सालदेखि अनुमासँग चिनजान रहेको बताएका छन् । त्यतिबेला सरकारी नियुक्ति पाएर सिन्धुली अस्पतालमा काम गर्ने क्रममा त्यही नर्स रहेकी अनुमासँग चिनजान भएको उनको भनाइ छ ।

‘त्यति बेला उक्त अस्पतालमा अनुमा नर्सिङ इन्चार्ज हुनुहुन्थ्यो भने म मेडिकल अधिकृत’, सुजनले भनेका छन् । सुजनले अनुमा आफ्नो साथीमात्र भएको र कहिल्यै पनि विवाह गर्ने वचन नदिएको दाबी गरेका छन् ।

सुजनका अनुसार आफूसँग प्रेम गर्ने गरेको बताउने अनुमाले २०७९ बैशाखमा आत्महत्याको प्रयास पनि गरेकी थिइन् । त्यसको चार महिनापछि अनुमा आफ्नी आमा र साथीलाई लिएर विवाहको प्रस्तावसहित घरमा आएको तर आफूले अस्वीकार गरेको उनको भनाइ छ । घटना हुनु अघिल्लो दिन अनुमा झापामा आएको उनले बताएका छन् ।

सुजनका अनुसार अनुमा बैशाख १४ गते साँझ साढे ८ बजे आफू पार्टटाइम काम गर्ने झापाको ओम साई पाथिभरा अस्पतालको अप्रेसन थिएटर अगाडि कुरुवा बस्ने ठाउँमा कुरेर बसेको अवस्थामा भेटेको र उनलाई त्यहाँ छाडेर आफू क्वाटर गएका थिए । भोलिपल्ट साढे १२ बजे पनि अनुमालाई त्यही भेटेको र अनुमाले रातभर कुरुवा बस्ने ठाउँमै रहेर आफूलाई पर्खिएको बताएको सुजनले बयानका क्रममा भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार