आदिकवि भानुभक्त

आदिकवि भानुभक्त

अठोट लियौ भानु तिमीले
घाँसीका मीठा वचन सुनेर
म पनि केही गर्नेछु जीवनमा
सधैँ अगाडि बढेर ।

भन्छन् सबैले भानु भानु
साहित्यिक सम्झना गरेर
पायौ ज्ञान घाँसीबाट धेरै तिमीले
उद्धार गर्‍यौ ज्ञानको भण्डार भरेर ।

हीरा मोतीभन्दा ठूलो नाम पायौ
कति धेरै ज्ञान पायौ
संसारले नै जप्छन् सधैँ तिमीलाई
आफ्नो नाम अमर बनायौ ।

छोडेर गयौ छाप संसारमा तिमीले
आदिकवि भानुभक्त नाम दिएर
शिरलाई सधैँ उच्च राख्यौ तिमीले
ज्ञानको गंगामा डुबेर ।

चौरास्ताको भेट

चौरास्तामा भेटे मैले भानुभक्तलाई
भानुभक्तको धेरै राम्रो शालिकलाई
एउटा हातमा किताब बोक्नु भएको
उभिएर सबैलाई हेरिरहनु भएको।

मैले पनि हेरिरहे एकोहोरिएर उहाँलाई
मनमा खेले धेरै विचार देखेर भानुभक्तलाई
गफ गरे मनमनै उहाँको शालिक अगाडि
धेरै खुशी लाग्यो भेटेर साहित्यका खानीलााई ।

लेख्न सकुँ कविता मपनि भानुभक्त झैँ
‌सम्झिएर लेख्ने छु कविता भानुभक्तलाई
आशीर्वाद धेरै दिनु है सधैँ मलाई
हजुर जस्तै महान कवि बन्नलाई ।

फोटोहरू धेरै खिचे उहाँसँग
सधैदिन समिप रहनलाई
मनमा लिएर आए धेरै खुशी
साहित्यमा सधै उर्तीण हुनलाई ।

चौरास्ताको भेट मेरो
सधैँ कलम अगाडि बढी रहोस्
मनमा रमाएका उहाँका कीर्तिहरू
सधै मेरो जीवनको प्रेरणा बनोस् ।

-रमा कोइराला ‘अद्रिजा’

रानीपुल, ढकाल गाउँ (पूर्वसिक्किम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार