९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

नेकपा एमालेको जित सुनिश्चित छ: रायमाझी

अर्घाखाँची ।
नेकपा एमालेका सचिव ट‍ोपबहादुर रायमाझीले नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क-१ द्वारा मदन स्मृति भवन सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा जनलहर सिर्जना भएको बताउनुभयो । मुलुकमा सामाजिक न्याय ,सुशासन ,विकास र समृद्धि नेकपा एमालेले मात्रै दिन सक्ने भन्दै उहाँले नेकपा एमालेको पक्षमा दृढता पुर्वक उभिएर सुर्य चिन्हमा मतदान गर्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले जिल्लाको बिकासको निम्ति आफुले धेरै मेहनत गरेको भन्दै गाउँ गाउँमा पुगेको सडक सञ्जाल ,घरघरमा निर्माणाधीन पानीको धारा,सिंचाइ ,तटबन्ध ,पर्यटन पुर्वाधार ,कृषिमा नयाँ प्रविधि ,निर्माणाधीन हवाई मैदान ,नयाँ बिद्यालय भवन ,प्राविधिक शिक्षालय आदि जनताको बीचमा छर्लङ्ग रहेको बताउनु भयो । नेकपा एमालेको तर्फबाट अर्घाखाँची जिल्ला क्षेत्र नं.-१ का उम्मेदवार समेत रहनु भएका उहाँले यसपटक पनि जनताले विजयी गराउनेमा आफू बिश्वस्त रहेको दावी समेत गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले राष्ट्रिय स्वाधीनताको निम्ति नेकपा एमालेले जित्नै पर्ने बताउनुभयो । उहाँले वलभद्र कुँवर ,अम्मरसिंह थापा ,भक्ति थापा लगायतका वीर वीरंङ्गनाले बचाएको मुलुकमा नागरिकका विधेयकको बीस रोपेर गठबन्धन सरकार र यसका दलालले वैदेशिक शक्ति केन्द्रको पाउमा लम्पसार भएको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता माथि आँच पुग्ने गरि संचालित कुनै पनि गतिविधि नेकपा एमालेको निम्ति किमार्थ स्वीकार्य नहुने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मंसिर – ५ को निर्वाचनले नेपाली जनताको भाग्य र भविष्यको निर्क्यौल गर्ने भन्दै नेकपा एमालेले निर्वाचन हारे जनताले ठुलो सास्ती व्यहोर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल ,कुटमदिन अलि , प्रेमनारायण गैरे,प्रतिनिधि सभाका समानुपातिक सांसद पदका उम्मेदवार विजुला रायमाझी ,प्रदेश कमिटीका सदस्य लिला जि.सी.,जिल्ला कमिटीका उपसचिव शम्भुप्रसाद पोख्रेल ,क्षेत्रीय समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेल ,नगर कमिटीका सदस्य श्रीकृष्ण भुसाल ,जिल्ला कमिटीका सदस्य एमाले नेता नारायण बन्जाडे,प्रेमनारायण खनाल ,धर्मराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष नारायण बि.सी.को अध्यक्षता र सचिव लेखनाथ भण्डारीको संचालन र सहजकर्ता तथा जिल्ला कमिटी सदस्य विष्णु परियारको संयोजनमा सम्पन्न कार्यक्रमले राष्ट्रियताको रक्षा ,बिकास र समृद्धिको निम्ति आ-आफ्नो ठाउँबाट नेकपा एमालेलाई विजयी गराउनको निम्ति दृढता पुर्वक लागिपर्ने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार