२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

देशभर एमालेले उत्साह जनक तरिकाले जित्छ : सचिव रायमाझी

गणेश खनाल, अर्घाखाँची ।
नेकपा एमालेका सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार टाेपबहादुर रायमाझीले देशभर एमालेका उम्मेदवारले उत्साह जनक तरिकाले विजयी हुने बताउनुभयाे
चुनाव कार्यक्रमलाई सम्बाेधन गर्दै उम्मेदवार रायमाझीले एमालेकाे विजयी यात्रालाई कसैले राेक्न नसक्ने बताउनुभएकाे छ । चारै तिरका घेरावन्दीलाइ ताेड्दै जिल्लामा एमालेले विजयी हासिल गरि छाड्ने बताउनुभयाे ।

एमालेको जित सुनिश्चित भएकाले मंसिर ४ काे चुनावपछि एमालेकाे सरकार बन्ने सचिव रायमाझीकाे भनाइ छ । सचिव रायमाझीले एमालेको पक्षमा देशव्यापी रुपमा जनलहर सिर्जना भएको पनि बताउनुभयो । एमालेकाे जित सुनिश्चित देखेर विपक्षीहरु आत्तिएका र जनतामाझ भ्रम फैलाइरहेका समेत उहाँले बताउनुभयाे ।

पूर्व उपप्रधानमन्त्री तथा उर्जामन्त्री समेत रहनुभएका सचिव रायमाझीले जिल्लाको विकासको निम्ति आफूले धेरै मेहनत गरेको बताउनुभयाे । आफ्नाे पहलमा गाउँ-गाउँमा पुगेको सडक सञ्जाल, घरघरमा निर्माणाधीन पानीको धारा, सिंचाइ, तटबन्ध ,पर्यटन पूर्वाधार, कृषिमा नयाँ प्रविधि, निर्माणाधीन हवाई मैदान, नयाँ विद्यालय भवन, प्राविधिक शिक्षालय लगायत संरचना जनताले देखेका उहाँले बताउनुभयाे ।

जिल्लाकाे विकासका लागि काम गरेका कारण यसपटक पनि जनताले आफूलाई विजयी गराउने विश्वास सचिव रायमाझीले व्यक्त गर्नुभयाे ।

तीन तहका सरकारबाट विकास गरिने : आर्चाय

नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची १ (क) का उम्मेदवार चेतनारायण आर्चायले साना याेजना स्थानीय सरकार,मझौला याेजना प्रदेश र ठुला याेजना सघ मार्फत गरिने बताउनुभयाे ।

जिल्लामा स्थानीय सरकार अधिकाम्श एमालेले विजयी प्राप्त गरेकाे र प्रदेश र सघका हालमा उम्मेदवारलाई विजयी गराई पुर्ण बनाउन आग्रह गर्दै तिनै तहबाट काम गर्दा सबै जसाे जनताका माग सम्बाेधन गरिन सकिने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार