९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

भुमिकास्थान सन्धिखर्क नगरपालिकामा तीन राजनितिक दलको चुनाब विरोधी कार्यक्रम सम्पन्न

अनिल नेपाली ,अर्घाखाँची ।
बर्तमान सरकारले धोषणा गरेको निर्वाचन मसिर ४ नेपालमा रहेका अधिकाश राजनितिक दलले आफ्नो पक्षमा निर्वाचन लाई पार्नको लागि दिनरात नभई चुनाबी मावल तताईरहेको बेलामा अर्घाखाँचीमा रहेका केही राजनितिक दल नेकपा (बहुमत), नेकपा मशाल र नेकपा (क्रान्तिकारी–माओवादी)ले अर्घाखाँचीमा विरोध सहित आफ्ना कार्यक्रम जनताको माझमा ल्याएका छन् ।

जिल्लाको सन्धिखकं नगरालिकाकाे पकले भुमिकास्थान नगरपालिकाकाे धारापानी ढाकाबाङ असुरकाेट बेलकाेट नुवाकोट लगायतका ठाउँहरु मा सयुत्त रुपमा तीन दलले कोणसभा गरेका हुन् ।कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टी .(बहुमत)का जिल्ला सेक्रेटरी नविन खड्काले सरकारले घोषणा गरेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएकोले खारेज गरे नै छाड्ने बताए नेता खड्काले नेपालमा रहेका संसदबादी दलले चुनाव नाटक मञ्चन गरेर जनताको आँखामा छारे हालेकोले नेपाली जनताले संसदीय चुनावको सशक्त विरोध गर्ने बताए ।

सेक्रेटरी खड्काले संसदीय व्यवस्थामा नाममा जिल्लामा रहेका राजनितिक दलले पटक पटक चुनाव जितेर शासन सत्तामा पुगेर पनि वास्तविक रुपमा जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । कोणसभालाई सम्बोधन गर्दै नेकपा मशालका नेता कृष्ण केसीले संसदीय व्यवस्थाले नेपाली जनतालाई निकास नदिने जनतालाई सरकारको अनुमुति गराउने कुरा छाडेर मुलुकमा भ्रष्टाचार अत्याचारका घटना बढाएकोले यसको अन्त्य गरेर मुलुकमा जनताको शासन सत्ता ल्याउनुपर्ने बताए । तीन दलले केही दिन अगाडि जिल्लाका विभिन्न स्थानमा कोणसभा सहित विरोध प्रर्दशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार