९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

सत्तामा दलाल पुँजीवाद पुगे : सन्तबहादुर नेपाली

अनिल नेपाली ,अर्घाखाँची ।

नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले जनताले निरन्तर बलिदान गरे पनि सत्तामा दलाल पुँजीवाद पुगेर फेरि देश र जनतामा शोषण, दोहन, अन्याय, अत्याचार र राष्ट्रघात लादिरहेकाले देशकै सौदाबाजी गर्ने दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्न मसिर ४ गते सरकारले धोषणा गरेको निर्वाचन बहिष्कार गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

३ राजनितिक दलद्धारा अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको संसदीय निर्वाचन अबज्ञा र खारेज कार्यक्रममा मन्तब्य राख्दै मशालका महासचिब समेत रहनुभएका नेपालीले यस्तो बताउनुभएको हो नेता नेपालीले एमसीसी पारित गरेर साम्राज्यवादलाई रिझाएका संसद्वादी दलहरूले चुनावपछि एसपीपी पनि पारित गर्ने पक्काजस्तै भएकाले सम्पूर्ण क्रान्तिकारी शक्तिहरू एक भएर दलाल पुँजीवादी सत्ताको सशक्त प्रतिरोध गनुपर्ने बताउदै नेपाली जनताले अहिलेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएकोले जनताले खारेज गर्ने बताउदै खारेज अभियानमा सहयोग गर्नको लागि सबैलाई अपिल समेत गरेका थिए ।

एक फरक प्रसगमा नेता नेपालीले अहिलेका संसदबादी दललाई सत्तामा पुराएर पनि बास्तविक रुपमा जनताको काम गर्न नसक्ने बताउदै जनता अहिले पनि निर्वाचन बहिष्कारको पक्षमा रहेको बताए । कार्यक्रममा नेकपा बहुमतका जिल्ला सेक्रेटरी नविन खड्काले दलाल संसदबादी सरकारले धोषणा गरेको निर्वाचन नेपाली जनताले बहिष्कार गरेर जनताको सत्ता ल्याउनको लागि बैज्ञानिक निति सहित अगाडि बढ्नुपर्ने बताए । कार्यक्रम नेकपा क्रान्तिकारी माओबादीका नेता अशोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार