१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

देशमा गणतन्त्र आएपछि राष्ट्रघात र जनघात बढी भयो : सन्तबहादुर नेपाली

अनिल नेपाली , अर्घाखाँची ।
नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले देशमा गणतन्त्र आएपछि पनि झन् धेरै राष्ट्रघात र जनघातका काम बढिरहेको बताउनु भएको छ ।

तीन राजनीतिक दलद्वारा आज सदरमुकाममा सन्धिखकंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्तब्य राख्दै नेता नेपालीले यस्तो बताउनु भएको हाे । नेता नेपालीले देशमा शोषण, दोहन, अन्याय, अत्याचार र राष्ट्रघात लादिरहेकाले देशकै सौदाबाजी गर्ने दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्न मसिर ४ गते सरकारले धोषणा गरेको निर्वाचन बहिष्कार गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नेता नेपालीले एमसीसी पारित गरेर साम्राज्यवादलाई रिझाएका संसद्वादी दलहरूले चुनावपछि एसपीपी पनि पारित गर्ने पक्काजस्तै भएकाले सम्पूर्ण क्रान्तिकारी शक्तिहरू एक भएर दलाल पुँजीवादी सत्ताको सशक्त प्रतिरोध गनुपर्ने बताउदै नेपाली जनताले अहिलेको निर्वाचन नेपाल र नेपाली जनताको पक्षमा नभएकोले जनताले खारेज गर्ने बताए , एक फरक प्रसगमा नेता नेपालीले नेकपा मसाल अब नाम मात्रकाे कम्युनिस्ट पाटि रहेको बताउदै पाटि भित्रका खास कम्युनिस्टले विदाेह गरेर नेकपा मशालकाे पुनगठन गरेर माेहनबित्रमलाई समेत कायंबाहि गरेको बताए ।

कार्यक्रममा नेकपा बहुमतका जिल्ला सेक्रेटरी नविन खड्का काे सञ्चालन नेकपा मशालका नेता कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार