काठमाडौं ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको आचारसंहिता पालनामा निर्वाचन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन् ।
निर्वाचन आयोगले २८ वटा उजुरी परेकोमा त्यसमध्ये ११ जनालाई जरिबाना गरिएको जानकारी दिएको छ ।
तोकिएको समयमा आवधिक निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको आयुक्त कुमारीले बताइन् ।