हरि कुँवर, अर्घाखाँची ।
पाचौं अर्घाखाँची महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । उपभोक्तालाई लेवल नलगाई उपभोग्य सामाग्री विक्रि गर्न नपाइने भएको छ ।
महोत्सवको बारेमा जानकारी दिन सन्धिखर्क मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले महोत्स सम्पुर्णको साझा भएकोले भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न सरोकार सम्पुर्णलाई आग्रह गरेका थिए ।
अर्घाखाँची महोत्सवको बुधबार विहान ११ बजे टुडिखेल बाट बजार परिक्रमा गर्दै १२:३० बजे पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझी द्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा नेपाल पत्रकार महासंघ अर्घाखाँची , होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, लोक तथा दोहोरीगित प्रतिष्ठान, अर्घाखाँची युवा परिषद् लगायतका स्थानीय संस्था सह आयोजक रहेका छन् ।
महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती, खानाका विभीन्न परिकारहरु, विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको बताए । ३० वटा स्टल फ्री प्रयोजनको लागि छुटाइएको बताए । लेवलिङ्ग नभएको वस्तु बिक्री गर्न नपाइने बताएका हुन । उनले महोत्सवमा ४ सय ओटा स्टल रहेको बताए ।
महोत्सवलाई करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । माघ ११ गते देखि २४ गतेसम्म सदरमुकाम सन्धिखर्कको कुडुले फाँटमा संचालन हुने महोत्सवमा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ६० र विद्यार्थीहरुका लागि ४० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताए ।
अर्घाखाँची उद्योग वाणिज्य संघ, अर्घाखाँची चेम्बर अफ कमर्स र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको संयुक्त आयोजनामा प्रजिअ शशिधर घिमिरे लाई बिदाइ तथा फेरि भेट हौंला कार्यक्रम समेत राखेको थियो । कार्यक्रम प्रजिअ घिमिरे लाई मायाको चिनो समते हस्तान्तरण गरेको थियो ।