हरि कुँवर , अर्घाखाँची ।
पाँचौ अर्घाखाँची महोत्सवको पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझीले बुधबार उद्घाटन गरेका छन् ।
‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मुल नाराका साथ मेला सुरु भएको उद्घाटन समारोहमा बोल्दै नेता रायमाझीले दुई वर्ष भित्र हामीले चाहे जस्तो विकास हुने दाबी गरेका छ्न । पर्यटन विकास र प्रबर्द्धनका लागि सुपादेउरालीमा चार लाइनको सडक बनाउने घोषणा गरेका हुन । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको सुपादेउरालीमा ठूलो गाडी पार्किङ बनाउने समेत बताए ।
नेता रायमाझीले दुई वर्ष भित्र मदनभण्डारी लोकमार्ग र धोरपाटन मोटरबाटो डबलकटिङ्ग कालोपत्रे हुने बताए । उनले २३ किलोमीटर बाहेक मदनभण्डारी लोकमार्गको लागि ४ अर्ब धोरपाटनको लागि ५ अर्ब गरि ९ अर्बको मोटरबाटो ठेक्का लागि सकेको बताएका छन्।
युवाहरूको लागि रोजगार राष्ट्रीय समस्या रहेको बताउदै समाधान तिर आफू लागि परेको बताए । माघ ११ गते देखी २४ गते सम्म लाग्ने अर्घाखाँची महोत्सव विभिन्न नित्य सांस्कृतिक भैलो प्रदर्शन जातजातीका भेषभुषा र बाजागाजा सहित मेलाको उद्घाटन गरिएको थियो ।