प्रेस चौतारी अर्घाखाँचीले मनायो २५ औं स्थापना दिवस

हरि कुँवर, अर्घाखाँची ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा अर्घाखाँचीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री तथा टिफिन वितरण गरी मनाएको छ ।

प्रेस चौतारी नेपालले देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नाको जनप्रकाश आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री कापी ,पेन्सिल रबर, पेन्सिल कटर तथा खाजा खाने टिफिन विद्यालयका ५२ जना विद्यार्थीहरु लाई वितरण गरि मनाएको हो ।

नेकपा एमाले जिल्ला कमिटीका सचीव तथा प्रमुख अतिथि तोजबहादुर रायमाझीले २५ औं स्थापना दिवसको शुभकामना दिदै ग्रामीण भेगको विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकोमा प्रेस चौतारी अर्घाखाँचीको मुक्तकण्ठले प्रसंशा गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल ,प्रेस चौतारिका जिल्ला इन्चार्ज हिम जिसि लेकाली , नेपाल पत्रकार महासंघका प्रदेश समिति सदस्य प्रेमनारायण आचार्य, विद्यालयका प्रधनाध्यापक राधा बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

केन्द्रिय परिषद सदस्य मधुकुमार श्रेष्ठ ,प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य नवीन केसि, जिल्ला सदस्य कमला परियार , बिक्रम नेपाली , प्रकाश महत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता जिल्ला सदस्य लक्ष्मी खनालको स्वागत मन्तव्य तथा सहसचिव सिद्धार्थ केसीको संचालनमा सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार