ढाकावाङ्ग आजदेखी तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता सुरु, नगरप्रमुख थापाले गरे उद्घाटन

टेकराज भुसाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ।

पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को आयोजनामा शुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गरेका हुन्।

साे क्रममा नगरप्रमुख थापाले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने भएकाले भूमिकास्थानले खेलकुदलाई प्राथमिकता दिएको बताए।

केही दिन पहिला सम्पन्न भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधी भूमिकास्थानले हाता पारेको र अन्डर 19 विश्वकप क्रिकेट प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका २ जना खेलाडी सहभागी मध्य १ जना कप्तान समेत भएको खुसी व्यक्त गर्दै नगरप्रमुख थापाले खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो ।

कार्यक्रममा नगरउपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख जिल्ला अधिकारी मिना अर्याल लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।

कार्यक्रम पिपलनेटा बजार विकास संस्थाका उपाध्यक्ष बाबुराम खनालको अध्यक्षता, बिष्णु शर्माकाे संचालन, जीवन नेपालीको स्वागतमा सम्पन्न भएको थियो।

फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले रू. ७१ हजार शिल्ड, मेड्ल र प्रमाणप्रत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमश : ५१ हजार र ३१ हजार नगद सहित शिल्ड, मेड्ल र प्रमाणप्रत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार