छत्रदेवमा चैत १ गतेदेखि अन्तरपालिका स्तरीय क्रीकेट प्रतियोगिता हुँदै, प्रथम पुरस्कार साढे एकलाख

कमला घिमिरे,अर्घाखाँची ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा स्थानीय तहबीच अन्तरपालिका स्तरीय क्रीकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत १ गते देखि ३ गते सम्म चल्ने प्रतियोगिताको तयारी थालिएको वडा नं. ६ का वडाध्यक्ष कमल पौडेलले जानकारी दिए ।

क्रीकेट प्रतियोगिताको छत्रदेव गाउँपालिका वडा नं. ५ डिहि रातापोखरा स्थित छत्रदेव रंगशालामा चैत १ गते उद्घाटन गरिनेछ । खेलको प्रथम पुरस्कार एक लाख ५० हजार, द्वितीय पुरस्कार एकलाख २० हजार र तृतीय पुरस्कार ८० हजार रहेको छ ।

वडाध्यक्ष पौडेलले क्रीकेट खेल प्रेमी युवाहरुको सक्रिय सहभागीताका निम्ति निमन्त्रणासहित अपिल समेत गरेका छन् । सबै पालिकाका खेलाडीहरुले आफ्नो सम्बन्धित स्थानीय तहको समन्वयमा खेल प्रतियोगितामा समावेश हुन पौडेलले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार