१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

विदेशी शक्तिकाे आदेशमा गठबन्धन टुट्याे : अध्यक्ष भुसाल

गणेश खनाल,अर्घाखाँची ।

नेकपा एमाले मिसन ग्रासरूट अभियान अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालले विदेशीकाे इसाराले गठबन्धन टुटेकाे बताउनु भएकाे छ ।

नेता भुसालले विदेशी शक्तिको आदेश मान्दा प्रचण्डले गठबन्धन ताेडि अर्काे गठबन्धन बनाएकाे जिकिर गर्नुभयाे ।
अध्यक्ष भुसालले नेकपा एमाले अर्घाखाँची सहित देशभर पहिलाे पार्टी रहेकाे स्मरण गर्दै आगामि दिन सबै दल एकातिर हुदा पनि ५१ प्रतिशत मत ल्याउने गरि अगाडि बढि रहेकाे बताउनुभयाे ।

नेकपा एमाले (मिसन ग्रासरूट) अभियान अन्तगर्त शितनगरपालिकाकाे वाडनम्वर २ सितापुरमा अभिमुखिकरण कार्यक्रम प्रमुख अतिथिकाे रूपमा बाेल्दै भुसालले नेकपा एमाले अभियानमा खट्नुभएका अगुवा कार्यकताहरूले वस्ति वस्तिमा पुगेर गुनासाे,सुझाव ल्याई पार्टीलाई ठाेस प्रतिवेदन बुझाउन निर्देशन दिनुभयाे ।

मिसन ग्रासरूटले ४७/४८ सालकाे गतिशिल पार्टी जस्तै बनाउन अभियान सञ्चालन गरिएकाे बताउनुभयाे ।
कार्यक्रम लेखबहादुर गुरूङ अध्यक्षता,दिपेन्द्र क्षेत्रिकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य काशि आर्चाय,गाेवद्वन थापा,जिल्ला उपसचिव शम्भुप्रसाद प्राेखरेल,जिल्ला कमिटी सदस्य ज्याेति आर्चायले मन्तव्य राख्नुभएकाे थियाे ।
वडाबाट सुरू भएकाे अभिमुखिकरण सबै टाेल टाेलमा पुग्ने गरि अभियान सुरू हुने जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार