२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

पाठ्यपुस्तक निर्धारित समयमै पुग्छ

विनोद गैरे,अर्घाखाँची ।
जनक शिक्षा समग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेसिक कार्यालय बुटवलका कार्यालय प्रमुख राम विनय श्रेष्ठले आफुहरु निर्धारित समयमै लुम्विनी प्रदेसका सम्पूर्ण जिल्लामाम पाठ्यपुस्तक उपलव्ध गराउन लागिपरेको जानाकारी दिनुभएको छ । लिमिटेडको वुटवल स्थित कार्यालयमा भएको भेटघाट कार्यक्रममा श्रेष्ठले केन्द्रको चैत्र १५ गतेवाट देशभर एकैसाथ विक्रि खेल्ने निर्णय अनुसार आफुहरुपनि तिव्ररुपमा तैयारीमा लागिपरेको जानकारी दिनुभएको छ ।

विगतका वर्षहरुमा यस क्षेत्रका व्यवसाथीहरुले ठुलो सास्ती व्यहोरेको गुनासो आइरहेको प्रति इङ्गित गर्दे यसपाली आफ्नो वलवुताले भ्याय सम्म कसैलाई पनि निराशा नवनाउने र सहज, सरल र समानुपातिक ढंगवाट सम्पूर्ण जिल्लाका व्यवसायीहरुलाई पाठ्यपुस्तक वितरण गरिने जानाकारी दिनुभएको छ ।
कार्यालयको स्टोरमा कक्षा ८को २÷३ विषय बाहेक अन्य कक्षाहरुको पाठ्यपुस्तक आईसकेको र वाँकी रहेका पाठ्यपुस्तक पनि तुरुन्तै आउने प्रक्रियामा रहेको जनक शिक्षा समग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेसिक कार्यालय बुटवलका स्टोर किपर राजेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

बिगतका वर्षहरुमा व्यवसायीले खरिद गरेको विल अनुसारको रमक भुक्तानी गर्न बैंक नजिक नहुदा व्यवसायीहरुलाई सास्ती भएको महसुस गर्दै यस पटक कनेक्ट आईपिएस र क्युयार स्क्यान वाट कार्यालयमै विल अनुसारकोद रकम भुक्तानी गर्न सकिने सहज वातावरण समेत व्यवसायीलाई सिर्जना गरिएको कार्यालयका लेखा शाखा प्रमुख विष्णु पन्थीले जानाकारी दिनुभएको छ ।
कार्यालयले नयाँ दर्ता गर्न इच्छुक व्यवसायीलाई प्रकृया पुरा गरि दर्ता गर्न र दर्ता भईसकेका व्यवासयीलाई नविकरण गर्न समेत सुचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार