१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

अमेरिकाको घण्टी नेपालमा

अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकामा रहेको घण्टी नेपालमा पनि आएको बताउनुभयो । प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले अमेरिकामा पनि स्वतन्त्र नामको पार्टी घण्टी चुनाव चिन्ह रहेको उल्लेख गदै नेपालमा अमेरिकी घण्टी स्थापित गर्न खोजिएको बताउनुभयो । नेपाललाई अमेरिकी र भारतिय साम्राज्यबादको खतरा सधै रहेको बताउँदै एमसिसि मार्फत अमेरिकाले आफनो हैकवाद लाढ्न थालेको दावी गर्नुभयो ।
विकसित राष्ट्रमा सघियता उत्तम भए पनि नेपाल जस्तो देशमा आवश्यक नरहेको बताउँदै प्रदेशका संरचना घटाउन ढिला भईसकेको बताउनुभयो । अमेरिकी साम्राज्यावाद विरुद्धको मेचि महाकालिको अभियानका क्रममा टोली अर्घाखाँची आएको बेला सघले पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
जिल्ला अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता,भगवता पाण्डेको सञ्चालन र बसन्त खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार