७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

शितगंगामा दोस्रो शितगंगा महोत्सव हुने

उमेश बन्जाडे ,अर्घाखाँची ।

शितगंगामा दोस्रो शितगंगा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार’ भन्ने मुल नारा सहित दोस्रो शितगंगा कृषि, पर्यटन तथा औद्योगीक व्यापार महोत्सव हुन लागेको हो ।

शितगंगा उद्योग वाणिज्य संघको आयोजना, शितगंगा नगरपालिकाको सह–आयोजना र गौतम बुद्ध एम्युजमेन्ट प्रा.लि.को व्यवस्थापनमा हुन लागेको महोत्सव चैत्र २९ देखी वैशाख १० गते सम्म सञ्चालन हुने छ । शितगंगा नगरपालिका वडा नं. ४ सानदहमा हुन लागेको महोत्सवको तयारी सुरु हुन लागेको आयोजक समितिले जानकारी गराएको छ ।

मेलामा चर्चित राष्ट्रिय तथा स्थानियकलाकारको प्रस्तुती रहने छ भने स्थानिय कृषि उपज र व्यवसायलाई विशेष प्राथमिकता दिइने, शितगंगालाई पर्यटनको क्षेत्रमा पर्वद्धन गर्ने, महोत्वसमा स्थानिय भाषा धर्म, संस्कृति र परम्परालाई प्रर्वद्धन गर्न विशेष प्रकारका कार्यक्रम गर्न लागेको पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार