शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन: टोपबहादुर रायमाझी

लक्ष्मण घिमिरे , अर्घाखाँची।

नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। प्रहरीले रायमाझी र उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी उनले आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन्।

गृह जिल्ला अर्घाखाँची आएका रायमाझीले सन्धिखर्कमा नागरिकलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफूले कुनै गल्ती नगरेको बताएका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गरेको सामाजिक संजाल मार्फत थाहा पाएको भन्दै उनले आफु आश्चर्यमा परेको बताए। ‘मलाई पक्राउ पुर्जी जारी गरेको कुरा थाहा छैन, रायमाझीले भने,‘सामाजिक संजालमा आएको छ, काठमाण्डौ गएर बुझ्छु।’

छोरा विरुद्ध पनि पक्राउ पुर्जी काटेको भन्ने सुनेको भन्दै उनले छोरा सन्दिपको नाममा चार वर्ष अँघीको बैंकको चेक नक्कली रहेको बताए। चेक नसाटिएको र पुरानो रहेकाले यसमा कुनै तथ्य नरहेको पनि उनले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका रायमाझी अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन्। उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन्।

कार्यक्रममा सहभागी हुन प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेसंग उनी गृह जिल्ला आएका थिए। रायमाझी आजै काठमाण्डौ फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार