नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडाैं : नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो। एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो।

खेलको सुरुआतमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी निभाए। कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए। यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यसैगरी अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए।

बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई÷दुई विकेट लिए।  एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए। बलिङतर्फ नेपालका कार्तिक कामतले तीन तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले एक-एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार