९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

दूषित पानी पिउन उपभोक्ता बाध्य

चन्द्रनिगाहपुर : रौतहटको बजार अनुगमन नहुँदा उपभोक्ता दूषित पानी पिउन बाध्य छन्। नियमनकारी निकायले खाद्यबस्तु र पानी लगायतका सामानप्रति बेवास्ता गर्दा यस्तो अवस्था आएको हो। शनिबार चन्द्रनिगाहपुरस्थित एक पसलमा पिउने पानीको बोतलमा हरियो लेउ तथा फोहर लेदो भेटिएको छ। चन्द्रपुर–४ चन्द्रनिगाहपुरको राजमार्गमा रहेको लक्ष्मी होटलमा ठूलो परिमाणमा ‘मुनड्रप्स’ पानीको बोतलमा दूषित पदार्थ भेटिएको थियो।

मुनड्रप्स पानीको बोतल मुन बेभरेज इण्डष्ट्रिज प्रालि चन्द्रपुर–५ को उत्पादन हो। पानी उत्पादक कम्पनीका सञ्चालक दीपककुमार साहले कर्मचारीबाट कमजोरी भएको हुन सक्ने र अनुसन्धान गरिरहेको बताए । उपभोक्ता हित संरक्षण मञ्च, रौतहटका अध्यक्ष टीका घिमिरेले नियमनकारी निकाय रहेको ठाउँ नजिकै दूषित पानी भेटिनु भनेको चरम लापरवाही र उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको बताएका छन्। अध्यक्ष घिमिरेका अनुसार मुनड्रप्समा दुई वर्षदेखि अनुगमन भएको छैन।

यसअघिका वर्षमा भएको अनुगमनका क्रममा पानी कम्पनीलाई मापदण्ड अनुसार चल्न सचेत गराइसकेको थियो। अनुगमनका लागि स्थानीय प्रशासन र नगरपालिकाले समन्वय नगरेको र बजेट समेतको व्यवस्था गर्न ध्यान दिनुपर्ने बताए।

व्यापारी तथा विक्रेताले उपभोक्तालाई मिसावट भएका खाद्यपदार्थ, दूषित पानी, फास्टफुड, फोहर तथा बाख्राको मासु बेच्दा पनि सरोकारवाला निकाय मौन रहेको उनको आरोप छ। आगामी दिनमा अनुगमनलाई ध्यान दिइने चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले बताइन्।

पानीमा भेटिएको पदार्थबारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने स्थानीयको माग छ। यस्तो खाले दूषित पानी भेटिए प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नमुना सुरक्षित राखी जाँच गरिने र दोषी प्रमाणित भए कम्पनीमाथि कारबाही गरिने बताए ।

पछिल्ला समय रौतहट फास्टफुडमा मिसावट युक्त अखाद्य बस्तु भेटिने क्रम बढेपछि बिरामी भएर अस्पताल जानेको संख्या समेत बढेको छ। चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तवका अनुसार अस्पतालमा अखाद्य बस्तु अर्थात् फुड प्वाइजनका दैनिक २ देखि ३ जना बिरामी आउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार