दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् ।
बसले ठूलो सङ्ख्यामा मानिसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन् ।
गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ । सिन्ह्वा/