अलेक्सी नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी

काठमाडौं :  रुसले जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीको एक जेलमा ३ दिनअघि शंकास्पद मृत्यु भएको थियो। प्रहरी प्रशासनले पोष्टमार्टमपछि शव सुम्पिने बताए पनि पछिल्लो समय सम्पर्क गर्न छोडेको परिवारका सदस्यलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

नाभाल्नीका समर्थकले उनलाई विष खुवाएर मारिएको आरोप लगाउँदै आएका छन्। नाभाल्नीको मृत्युका प्रमाण मेटाउन पुटिन सरकारले शव दिन आनाकानी गर्दै आएको उनीहरुको आरोप छ।

नाभाल्नीको रुसको आर्कटिक सर्किलमा रहेको सबैभन्दा खतरनाकमध्येको एक जेलमा शुक्रबार मृत्यु भएको थियो। उनको मृत्युपछि अमेरिकाले नाभाल्नीको शंकास्पद मृत्यु राष्ट्रपति पुटिन नै जिम्मेवार रहेको आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार