१८ बैशाख २०८१, मङ्लबार
१८ बैशाख २०८१, मङ्लबार

कार्गो जहाजमाथि आक्रमण चालक दलका तीन सदस्यको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

काठमाडौं : दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको।  भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।

Houthis Kill Innocent Civilians with Missile Attack

At approximately 11:30 a.m. (Sanaa time) Mar. 6, an anti-ship ballistic missile (ASBM) was launched from Iranian-backed Houthi terrorist-controlled areas of Yemen toward M/V True Confidence, a Barbados-flagged, Liberian-owned… pic.twitter.com/W1H0GP4Y6i

— U.S. Central Command (@CENTCOM) March 6, 2024

मृतकको पहिचान खुलेको छैन्। उक्त घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको छ।

उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला गरेको हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार