मलेसियामाथि नेपालको कठिन जित

मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ ।

क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हरायो । जितका लागि ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै रुवि पोदारले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मलेसियाका नुर कवाल्शाले तीन विकेट लिनुभयो ।

अल्सा एलिसा र एल्सा हन्टरले दुई दुई तथा नुर दानियाले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी पूजा महतोले तीन विकेट लिनुभयो ।

मनिषा उपाध्याय र रिया शर्माले दुई दुई तथा कविता कुँवर र सिता रानामगरले एक एक विकेट लिनुभयो । यससँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । दोस्रो खेशल शुक्रबार हुनेछ ।

नेपालले मलेसियामै मे २३ तारिखदेखि सुरु हुने एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कप‌को तयारीमा लागि अभ्यास खेल खेलेको हो । एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिख सम्म र एसिसी महिला प्रिमियर कप‌ जुन १ देखि १३ तारिखसम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार