सभामुखले दुईपटक भेटे, संसद्‌ जान तयार भएनन् प्रधानमन्त्री

विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित गराउने प्रयास गरे । तर, प्रयास विफल भएपछि सभामुख अर्यालले विपक्षीहरूको अवरोध र नाराबाजीकाबीच संसद् बैठक अघि बढाएका छन् । सभामुख अर्याल निकट स्रोतले बताएका अनुसार, आजै दुई पटक सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेट गरेका थिए ।

यद्यपि उनी बैठकमा जान तयार नभएपछि सभामुख अर्यालले अवरोधकाबीच बैठक अघि बढाएका हुन् ।

‘उहाँ (सभामुख) ले दुईपटक भेटेर आग्रह गर्नुभयो, तर प्रधानमन्त्री बैठकमा जान तयार हुनुभएन,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएका हुन् ।तर, विपक्षीले अवरोध नरोकेपछि बैठक स्थगित गरेर सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार