७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आज दुईजना सरकारी वकिल र पीडितको तर्फबाट एकजनाले बहस गरेका थिए। यद्यपि, समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनुवाइ बुधबार यही इजलासमा हुनेछ। सोमबार र मंगलबार लगातार बिदा परेकाले अब बुधबार बहस हुनेछ। 

आजको मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको थियो। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर, अहिलेसम्म फैसला हुन सकेको छैन।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा  २०७९ साल कात्तिक १४  मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार