क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आज दुईजना सरकारी वकिल र पीडितको तर्फबाट एकजनाले बहस गरेका थिए। यद्यपि, समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनुवाइ बुधबार यही इजलासमा हुनेछ। सोमबार र मंगलबार लगातार बिदा परेकाले अब बुधबार बहस हुनेछ। 

आजको मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको थियो। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर, अहिलेसम्म फैसला हुन सकेको छैन।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा  २०७९ साल कात्तिक १४  मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार