एसईइ उकृष्ठ विधालयका प्रिन्सिपल गणेश क्षेत्रिकाे भनाइ ´जिल्लामा त सर्वोत्कृष्ठ थियाे,देशभर उकृष्ठ हुन प्रयास गर्ने छाै’

 

जिल्लामा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिदै आएकाे गाैरिशकर बाेडिङ स्कुलले भर्खर प्रकाशन भएकाे एसईइ रिज्लटमा उकृष्ठ नतिजा ल्याएकाे छ । साे सन्दर्भमा पहिलाे टाइम्सका प्रधानसम्पादक गणेश खनालले,स्कुलका प्रिन्सिपल गणेश क्षेत्रिसग गरेकाे सम्पादित अंश ।

* पछिल्लो एसईइ रिजल्टबाट 4 जिपिए सहित उत्कृष्ट नतिजा ल्याउदा कस्तो अनुभूति गर्नु भएको छ ?
-सफलता आफैमा सुन्दर शब्दावली हो । यसको लागी समूचित मिहिनेत, लगाव , श्रम, इच्छा र निरन्तरताको आवश्यकता पर्दछ । विगतका रिजल्टहरु हेर्दापनि हामी जिल्लामा सर्वोत्कृष्ठ त थियो नै अझ यस पाली जि.पि.ए. ४.०० प्राप्त गरी जिल्लाको नाम सारा देशभरी फैलाउन पाउँदा निसन्देह खुशी नहुने कुरै भएन । यो भन्दै गर्दा हामीलाई अभिभावकहरुले गरेको विश्वास र भरोसालाई आगामी दिनहरुमा कसरी अझ बढि प्रभावकारी नतिजा प्राप्त गर्ने भन्ने चुनौती खडा भएको महसुस गरेको छु ।
* एसईइ को रिजल्ट यस्तो खालको आउँछ भन्ने लागेको थियो ?
-हामीले सोचेर मात्र कहाँ हुन्छ र ? आशा त विगतमा पनि होनहार विद्यार्थीहरु माथी गरीएकै थियो तर जि.पि.ए. ४.०० प्राप्त गर्न सकिएन र अहिले करन भाईको निरन्तर कडा मिहिनेतले रङ्ग ल्यायो, झन यो वर्ष त म अझ बढि आशातित छु ।
* विद्यालयको व्यवस्थापन कसरी गर्नुभएको छ र ?
– शैक्षिक संस्थाको व्यवस्थापन आपैmमा एक जटिल प्रकृया हो । शिक्षक –अभिभावक निरन्तर छलफल अनि कार्य विभाजन प्रणाली , योग्य लगनशिल सृजनशिल र गुणस्तरीय शिक्षा प्रदान गरी समाज रुपान्तरणमा योगदान गर्न सकिन्छ भन्ने हुटहुटी भएका शिक्षकहरु , तपाईहरु जस्तै अभिभावकको सुझाव र सल्लाह अनुसार आधुनिक प्रविधीको प्रयोग र चुस्त प्रसासन एत्ब् र संचालक समितिको सल्लाह बमोजिम विद्यालयको व्यवस्थापन गर्ने गरिन्छ ।
* हाल विद्यालयमा कति विद्यार्थी अध्ययनरत रहेका छन् ?
– हाल विद्यालयमा ८८० विद्यार्थी रहेका छन् ।
* आगामी वर्ष कस्तो रिजल्ट आउने गरी तयारी गर्नुभएको छ ?
-मलाई मेरा शिक्षक र विद्यार्थीहरुमा आशा एवमं भरोसा छ त्यसैले आगामी वर्ष पनि हामीहरु यो वर्ष भन्दा अझ बढि राम्रो नतिजा ल्याउने कुरामा ढुक्क छौँ । यसका लागी हाम्रो शिक्षकहरु आ–आफ्नो जिम्मेवारी बहन गरिरहनु भएको छ ।
* जिल्ला सहित देशमा गौरीशंकरको चर्चा हुदाँ कस्तो अनुभूती भएको छ ?
– जिल्लामा त हामीहरु जहिले र जेमा पनि उत्कृष्ट नै हौँ , मैले गफ लगाएको होइन विगतमा हामीले समय समयमा विभिन्न संघ संस्थाबाट आयोजना गरिएका धेरै जसो प्रतियोगितामा हामीले आफुलाई अब्वल सावित गरीसकेका छौँ । खेल , निबन्ध हाजिरजवाफ वकृत्वकला जस्ता प्रतियोगितामा हामीहरुले जहिले पनि उत्कृष्ट रिजल्ट ल्याएका छौँ ।
अझ यो पाली जि.पि.ए. ४.०० सहित नेपाल भरी गौरीशंकर इ. बो. स्कुलको नाम फैलाउन पाउँदा आपूmलाई निकै गौरवान्वीत महसुस गर्दै सफलता प्राप्त गर्ने भाइ करण भुसाल लगाएत सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई शुभकामना साथै हार्दिक बधाई अनि यो नतिजा ल्याउन निरन्तर खट्नु हुने सम्पूर्ण शिक्षक साथीलाई हृदय देखि धन्यवाद भन्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार